Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

तीनकुने घटनाः थप एक जना पक्राउ

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल–३ का ४० वर्षका मनोज भन्ने मिनोज थापा रहेका छन् ।

उनीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक ३ दिन म्याद लिइएको छ । यसअघि पक्राउ परेकाहरुको पनि म्याद तीन दिनपछि सकिने भएकाले म्याद मिलान गरिएको हो ।

२०८१ चैत्र १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारी हिंस्रक बन्दा आगजनी र तोडफोड भएको थियो । यसअघि आगजनी तथा तोडफोडमा संलग्न ८६ जना पक्राउ परिसकेका छन् ।

२१ जनालाई बाहिरै राखेर अनुसन्धान अगाडि बढाएको छ । यो मुद्दामा अनुसन्धानको दायरामा १०७ जना ल्याइसकिएको छ ।