शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नीति शाहले सुटुक्क गरिन् कानूनी विवाह

नीति शाहले सुटुक्क गरिन् कानूनी विवाह

बैशाख ६, २०८२ शनिवार
बैशाख ६, २०८२ शनिवार
  • नीति शाहले सुटुक्क गरिन् कानूनी विवाह

    अभिनेत्री तथा मोडल नीति शाहले प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले कोर्ट म्यारिज गरेकी हुन् ।

    जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरूको विवाह भएको हो।

    Niti Sha.png

    राणा पेशाले एरोस्पेस इन्जिनियर हुन् । यी दुईजना झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा छन् । याञ्चितले नीतिसँगका रोमान्टिक तस्वीर पनि सेयर गर्दै आइरहेका थिए ।

    शाह ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को विजेता हुन् ।‘ खजुरे ब्रो’बाट फिल्मको अभिनयमा डेब्यु गरेकी उनले हाल महानायक राजेश हमालसँग जोडी बाँध्दै ‘नरसिंहा अवतार’मा हलमा आउँदैछिन् । उनले फिल्म ‘ज्वाइँ साब’बाट पनि राम्रो चर्चा कमाएकी थिइन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार