Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

राजतन्त्र फर्काउनु पर्छ भन्नु भोक लाग्यो भनेर विषपान गर्नु जस्तैः बाबुराम भट्टराई

नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनु पर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गरेका छन् ।

आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरुले गल्ती गरे जनताले सच्याउनु पर्ने बताए । उनले अहिलेको परिस्थितिमा सतर्क हुन जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘हिम्मत हारेर हुँदैन, निराश भएर हुँदैन, जब समाज, राज्यमा विकृति हुन्छ, सत्तामा बस्नेहरुले गल्ती गर्दछन्, त्यतिबेला खबरदारी गरेर सच्याउने जनताले हो । तर लोकतन्त्रमा लडेका नेताहरु, लोकतन्त्र प्रणालीमा काम गरिरहेकाहरुले गल्ती, कमजोरी गरे भनेर लोकतन्त्रका बिरोधीहरु निरंकुशता, राजतन्त्रवादी शक्तिहरु आउनुपर्छ भनेर बुझ्नु त्यो भोक लाग्यो भनेर विष पान गर्नु जस्तै हुन्छ । त्यो श्रेयस्कर, बुद्धिमानी हुँदैन । अहिले जुन किसिमको परिस्थिति निर्माण हुँदैछ, त्यसमा हामी शतर्क बनौँ । हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली इतिहासमा ढिलै भएपनि ल्याएका छौँ, यसका कमी, कमजोरीहरु छन् । यसलाई सच्याउँदै अघि बढ्नु पर्छ ।’