Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

राजेन्द्र लिङ्देनले हिरासत पुगेर भेटे मिश्र र राणालाई, प्रहरी व्यवहारप्रति ‘गुनासो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी हिरासतमा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासँग भेट गरेका छन् । उनले हिजो (शनिबार) साँझ लिङ्देन उनीहरूलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए ।

जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेर उनले मिश्र र राणालाई भेट गरेका हुन् । ‘मैले हिजो साँझ नै उहाँहरूलाई भेटेको हुँ,’ भने, ‘हाम्रो पार्टीका नेताहरू भएका कारण गएर अवस्था बुझेको थिएँ ।’ राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री शरदराज पाठक, कोषाध्यक्ष निलकण्ठ काफ्लेलगायतको टोली लिएर लिङदेन प्रहरी परिसर टेकुमा पुगेका थिए । पार्टीको महत्वपूर्ण वैठक अगाडि उनीहरु नेताद्वय भेट्न पुगेका हुन् ।

प्रहरीले राप्रपा अध्यक्ष नेताहरुलाई बसेर भेट्ने व्यवस्था भने मिलाएन । अध्यक्ष लिङदेन र नेताहरुले उभिएरै कुराकानी गरेका थिए । उनी प्रहरीको व्यवहारमा सन्तुष्ट हुन नसकेको सुनिएका छन् । भेटघाटमा भएका अन्य विषयबारे उनले खुलाएका छैनन् । पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति बैठक सकेपछि उनी त्यहाँ पुगेका थिए ।

गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनपछि प्रहरीले उनीहरूलाई सोही दिन राति पक्राउ गरेको थियो ।