Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनचाँदीको भाउ बढ्यो, हेर्नुहोस् प्रतितोला कति पुग्यो?

नेपाली बजारमा आज बुधबार सुनचाँदीको भाउ बढेको छ । 

मङ्गलबारको तुलनामा आज छापावाल सुन तोलामा २ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 यसअघि भने १ लाख ७३ हजार ३ सय रुपैयाँ थियो । यता, चाँदी पनि तोलामा १० रुपैयाँ बढेर १ हजार ९९० रुपैयाँ पुगेको छ ।

 यसअघि तोलामा १ हजार ९८० रुपैयाँ थियो ।