Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई  छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो । 

हरेक विद्यार्थीलाई  एक लाख ५० हजारका दरले ३९ लाख रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए। उनले भने, ‘प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका साथ उनीहरूलाई रोजगारी दिने योजना बनाइएको छ ।’

यसैबीच, स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८) तयार गरेर नगरपालिका क्षेत्रका सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यपुस्तक निर्माण गर्नेमा भानु नगरपालिका गण्डकी प्रदेशमा पहिलो पालिका हो । 

सरकारले बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रतिदिन प्रतिव्यक्ति १५ का दरले दिवा खाजाका लागि अनुदान दिँदै आएकामा भानु नगरपालिकाले  पाँच थप गरी प्रतिविद्यार्थी २० पुर्‍याई कक्षा ६ सम्म विस्तार गरेको छ ।