Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नेपाली बजारमा हालसम्मै बढी मूल्यमा कारोबार हुँदै सुन

 नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सयले बढेर हालसम्मै सबैभन्दा बढी मूल्यमा कारोबार भएको छ। 

आइतबार र सोमबार स्थिर रहेको सुन आज ११ सयले बढेर प्रतितोला एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सुन एक लाख ७४ हजार १ सयमा कारोबार भएको थियो। 

आज आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।