Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

प्रधानाध्यापकमाथि कुटपिट वडा अध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी

दाङको घोराही उपमहानगरपालिका १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषयले उग्र रूप लिएपछि प्रहरीमा जाहेरी परेको छ।

विद्यालयका प्रधानाध्यापक रुद्र बुढामगरले घोराही १४ का वडाध्यक्ष भानसिङ बुढामगरले आफूमाथि हातपात गरेको भन्दै गम्भीर आरोप लगाएका हुन् । विवाद उत्कर्षमा पुग्दा झडप भएको बताइएको छ । वडा अध्यक्ष घर्तीसहित ३ जना विरुद्ध प्रधानाध्यापक घर्तीले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जाहेरी दिएका छन् । उनले कुनै हालतमा जाहेरी फिर्ता नलिने बताए ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख चक्रबहादुर शाहले पीडितको तर्फबाट घर्तीले प्रहरी कार्यालयमा जाहेरी दिएको बताए । जाहेरीमाथि प्रहरीले अनुसन्धान गरेर दर्ता हुने उनले बताए । उनीहरुविरुद्ध अभद्र व्यवहारमा जाहेरी परेको उनले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिको गठनका लागि आयोजित भेलामा प्रधानाध्यापक बुढामगरले निर्णय लेख्न नमान्दा विवाद भएको हो।विवाद चुलिँदै गएपछि बैठकमै वडाध्यक्षले हात हालेर आफूलाई भुईँमा लडाएपछि अन्य व्यक्तिहरूले मुक्का र लात्तिले आक्रमण गरेको प्रधानाध्यापक मगरको आरोप छ।

यस विषयमा वडाध्यक्ष भानसिंह बुढाले प्रधानाध्यापकको आरोप अस्वीकार गर्दै विद्यालयमा गुन्डा बोलाएर आतङ्क सिर्जना गरिएको दाबी गरेका छन् ।