Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सौतेनी आमाले छोरालाई २० वर्षसम्म बन्धक बनाएको आरोप, यसरी बाहिरियो घटना

अमेरिकाको कनेक्टिकटमा एक व्यक्तिलाई उनकी सौतेनी आमाले २० वर्षसम्म बन्धक बनाएको आरोप लागेको छ । 

सानो कोठामा २० वर्षसम्म थुनेर राखेको बताइएको छ । अधिकारीहरूले ती व्यक्तिलाई राखिएको सानो कोठामा आगो लागेपछि नियन्त्रणमा लिएर त्यहाँबाट ३२ वर्षीय पुरुषलाई उद्धार गरे । बन्धकलाई उद्धार गर्दा उनको तौल ३० किलोग्राम थियो । उनी निकै कमजोर थिए । 

कनेक्टिकटको वाटरबरीस्थित प्रहरीले ती व्यक्तिले वर्षौंदेखि दुर्व्यवहार, भोकमरी र अमानवीय व्यवहार सहेपछि कोठामा आगो लगाएको स्वीकार गरेको बताएको छ ।

उनकी सौतेनी आमामाथि उनलाई बन्दी बनाएको र भोकै राखेको आरोप छ । उनलाई अपहरणको आरोप लगाइएको छ । यद्यपि, सौतेनी आमाले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन् ।

आगो लगाउनुको कारणबारे बन्दीले प्रहरीलाई आफूले आफ्नो स्वतन्त्रता चाहेको बताएका छन् । - बीबीसी