जनकपुरधाम उपमहानगरपालिका– १८ भोइलस्थित सडक छेउको खाल्डोमा एक व्यक्तिको शव भेटिएको छ ।
करिब ३५–४० वर्षीय पुरुषको शव पानी जमेको खाल्डोभित्र फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।
ती पुरुषको हत्या भएको हो कि के भन्ने कुरा अहिले भन्न नसकिने उनले बताए । उनका अनुसार प्रहरीको टोली घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेका छन् । शव पोष्टमार्टमका लागि जनकपुरधाम ल्याइनेछ ।