Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

गृहमन्त्री राजकुमार लेखीका पीएसओको मृत्यु

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीका पीएसओ प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ। 

मन्त्री लेखीको सुरक्षामा खटिएका असई वीरेन्द्रकुमार यादवको सोमबार राति १२ बजेतिर मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले बताए। 

एसएसपी कोइरालाका अनुसार आइतबार राति ११ बजेतिर अचानक पेट र छाती दुखेपछि उनलाई स्थानीय अस्पताल लगिएको थियो। तर त्यहाँ ठिक नभएपछि सोमबार थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा सोमबार राति १२ बजेतिर अस्पतालले मृत घोषणा गरेको हो। 

सिरहाको सुखचैना घर भएका यादवको दरबन्दी मधेस प्रदेश प्रहरी गण जनकपुरमा थियो।