Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

माटोको ढिस्कोले पुरिएर देउरानी–जेठानीको मृत्यु

अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा दुई महिलाको मृत्यु भएको छ । अछामको मंगलसेन नगरपालिका–८, ओलिगाउँ सुतुडामा माटो खन्ने क्रममा ढिस्को खस्दा दुई महिलाको मृत्यु भएको हो । 

रातिमाटे भन्ने ठाउँमा माटो निकाल्ने क्रममा अचानक ढिस्को खस्दा उनीहरू पुरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय देउरुपा बोहरा र विनिता बोहरा रहेका छन् । उनीहरु जेठानी देउरानी रहेको बताइएको छ।

माटोको ढिस्को ठूलो भएकाले अझै भित्र अरू पनि फसेका हुन सक्ने आशंका गरिएको छ । घटनापछि स्थानीय उद्दार कार्यमा जुटेका छन् भने प्रहरीलाई पनि खबर गरिएको छ ।