Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

मध्यराति घरमा आगलागी हुँदा बालकको मृत्यु, आमा घाइते

जाजरकोटमा मध्यराति घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका–८ साँक्टका जनकबहादुर रोकायाको घरमा आइतबार राति आगो लाग्दा उनका १२ वर्षीय छोरा अमरबहादुर रोकायाको मृत्यु भएको हो ।

खाना पकाउने क्रममा चुलोबाट भारमा आगो सल्किएर अमरको मृत्यु भएको हो । आगलागीमा परी जनक र उनकी आमा बिजुली समेत घाइते भएका छन् । सात जनाको परिवार रहेको उक्त घरमा अरु सबैले भागेर ज्यान जोगाएका थिए। 

यस्ते तल्लो तलामा रहेका पशु चौपाय स्थानीयले उद्धार गरी बाहिर निकालेका थिए । आगलागीबाट घरभित्रका लत्ताकपडा, अन्न र केही नगद पनि जलेको गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले बताए । पैक प्रहरी चौकीको टोलीले घटनास्थल पुगेर विवरण संकलन गरिरहेको छ ।