Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

भारतबाट नेपाल छिर्दै गरेको कारमा ५८ लाख बढीको हिरा र सुनका गहना

पर्साबाट सशस्त्र प्रहरीले करीब ५८ लाख ६४ हजार ८३० रुपैयाँ बराबरको हिरा र सुनको गरगहना बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ स्थित सीमा ईलाकाबाट शनिबार राति सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीगञ्जले बरामद गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेको कारलाई जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको शंकास्पद बस्तु फेला परेको थियो । सो क्रममा थप खानतलासी गर्ने क्रममा ड्राइभरले कारलाइ भगाएका थिए ।

सामान छाडी कार र ब्यक्ति फरार भएपछि बरामद गहना थप प्रमाणित गर्न आइतबार पर्सास्थित सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सो गरगहनामा २२ लाख ५१ हजार ८ सय ४० रुपैयाँ बराबरको ७०.३७ क्यारेट हिरा र ३६ लाख १२ हजार ९ सय ९० रुपैयाँ बराबरको २४६।७३ ग्राम सुन रहेको छ । बरामद गहना आवश्यक कारबाहीमा लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी थापाले बताए।