Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

विवाहको उमेर घटाउने/नघटाउने भन्नेबारे आयोगले अध्ययन गर्छ

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउनेरनघटाउने भन्नेबारेमा आयोगले अध्ययन गर्ने बताएका छन् । शनिवार काठमाडौंमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना निम्त्याइरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको बताए । सरकारले विवाह गर्न पाउने उमेर २० वर्ष राखेको छ ।

महिलाको स्वास्थ्यको ख्याल गर्दै २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने संवैधानिक व्यवस्था गरिएपनि कतिपय स्थानमा अझै बालविवाह बढ्दो छ । उनले बलात्कारका घटना बढिरहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। 

उनले मातृ सुरक्षा र प्रजननसम्बन्धी कानूनबमोजिमको व्यवस्था लागू भएको वा नभएको अनुगमन गरेको र ५ मन्त्रालयमा अनुगमन गर्दा एउटा मन्त्रालयमा पूर्ण रूपमा भएको र अरू मन्त्रालयमा उक्त व्यवस्था नभएको पाइएको बताए । महिलाको हक अधिकार संरक्षण गर्न सबै एक हुनुपर्ने उनको भनाइ छ ।