Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

काठमाडौंका यी स्थानमा आज पाँच घण्टासम्म विजुली नआउने

काठमाडौंका विभिन्न स्थानमा आज शनिबार चारदेखि पाँच घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुईटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रहरुका शनिबार दिउँसो विद्युत अवरूद्ध हुने भएको हो ।

मातातीर्थदेखि बौथली चोकसम्म कन्डक्टर अपग्रेडिङ कार्यका लागि बलम्मु वितरण केन्द्रको मातातीर्थ फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ । उक्त फिडर अन्तर्गतको क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसोझ ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।


त्यस्तै सतुंगल फिडर अन्तर्गतका कन्चन गेट, बोसीगाउँ, बौथली, सतुङगल चोक लगायतका क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । ती क्षेत्रमा पनि कन्डक्टर अपग्रेडिङ कार्यका लागि फिडर सटडाउन गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।

रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत सव स्टेशनबाट ब्रिटिश पर्खाल, फ्रान्सेली राजदूतावास, र्‍याडिसन होटल, भारतीय राजदूतावास, खुर्सानीटार, सांग्रिला होटेल हुँदै महाराजगन्ज वितरण केन्द्रतर्फको क्षेत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । विद्युतीय तार भूमिगत गर्न उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ । 

निर्धारित समय अगाडि नै काम सकिए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।