Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नी हायर पर्चेजबीच सम्झौता

निक्षेप तथा कर्जा सुरक्षण कोष र  अग्नी हायर पर्चेज प्राइभेट लिमिटेड, काठमाडौँबीच सम्झौता भएको छ ।  साना तथा मझौला उद्यम अन्तरगत यातायात सेवा सम्बन्धी व्यवसाय र कृषि कर्जा कार्यक्रम अन्तरगत कृषि औजार, यन्त्रमा प्रदान गरेको कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । 

सम्झौता पत्रमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडका महाप्रबन्धक अरुणराज उपाध्यायले हस्ताक्षर गरेका छन् ।  उक्त कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडको कर्जा तथा असूली विभागको विभागीय प्रमुख प्रबन्धक विराट काजी राउतको उपस्थिति थियो ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडले स्वरोजगार तथा व्यवसाय प्रवद्धनका लागि यातायात खरिदमा प्रवाह गरेको अधिकतम तीन करोड साथै व्यवसायिक कृषि प्रवद्धनका लागि कृषि औजार तथा उपकरण खरिदमा प्रदान गरेको अधिकतम तीन करोड सम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असूल हुन नसकेमा अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडले कोष समक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले अधिकतम असी प्रतिशतसम्म भुक्तानी दिनेछ ।