Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

बागमतीमा छाडियो मेलम्चीको पानी

बागमती नदीमा मेलम्चीको पानी छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउन पानी छाडिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

उनका अनुसार बागमतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब एक हजार लिटर बगाइएको बताए । ‘आयोजनाको क्षमता १७ करोड भनिएपनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौं । त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौँ’, उनले भने ।


बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने लामिछानेले बताए । बागमती सुधार आयोजनाका उपआयोजना निर्देशक एवं सूचना अधिकृत उद्धव नेपालले नदीमा पानीको बहाव बढाउन र बर्तालुलाई स्नानका लागि सहज बनाउन मेलम्चीको पानी ल्याइएको बताए ।