Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

दुई समूहको झडपले नवलपरासी पश्चिममा तनाव, प्रहरीद्वारा हवाई फायर

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ ।

आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो (सोमबार) बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो ।

सोही विषयलाई लिएर आज तनाव बढेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।