Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

कूलदेवताको पूजा गर्न स्याङ्जा पुगे पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा पुगेका छन् । उनी आफ्नी बहिनी र छोरीका साथ सोमबार स्याङ्जा पुगेका हुन्। 

सोमबार उनीहरू वालिङ्मा बसेका हुन् । कालीगण्डकी गाउँपालिका-३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि यहाँ आएको शाहको सचिवालयले जनाएको छ । 

मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चनापछि फर्किने बताइएको छ । वालिङमा स्वागतका लागि बसेका उनका समर्थकहरूले ’राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।