Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

म्यानमारबाट थप दुई नेपालीको उद्धार

म्यानमारबाट थप दुई नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट थप दुई नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको हो । 

दूतावासले थाइल्याण्ड सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको जनाएको छ । यसअघि फागुन ९ गते पाँच नेपालीलाई सोही ठाउँबाट उद्धार गरी स्वदेश पठाइएको थियो । 

‘अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याई दुई नेपालीलाई आज (फागुन १२ गते) नेपाल फर्काइएको छ,’ बैंककस्थित नेपाली दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।


दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ । ‘कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,’ दूतावासको पत्रमा उल्लेख छ।