Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बिल्डकन एक्स्पो: सुस्त व्यवसाय, उत्साहित छन् व्यवसायी

मनिषा बस्नेत । नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको १० औं संस्करणको आज (आइतबार) अन्तिम दिन । एक्स्पोमा आफ्नो उत्पादन देखाउन पाउँदा नेपाल र नेपाल बाहिरको एक्जुभेटरहरु खुसी भएको मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध–निर्देशक सिर्जल भट्टराईले बताए ।  नेपालमा चारै तिरबाट बजार सुस्त भएको अवस्थामा पनि नेपाली कम्पनीहरुले यसमा राम्रो सहभागिता जनाउनुले बजारलाई माथि उठाउन राम्रो भूमिका निर्वाह गर्ने उनको भनाइ छ । 

Photo (2).jpg


उनले भने,‘अहिले चारैतिर बजार सुस्त छ । तरपनि नेपाली कम्पनीहरुको सहभागिता राम्रो जनाउनु भनेको नै बजार जाँदैछ भन्ने संकेत हो । यसमा नेपाली कम्पनीहरु जसले भाग लिनुभएको छ उहाँहरु सबै उत्साहित छन् । उहाँहरुले बिस्तारै यो बजारलाई धेरै भन्दा धेरै मान्छेसम्म पुर्याएर चलाएमान बनाउने र आफ्नो बजारलाई निरन्तर माथि उकास्नेमा लागिरहनु भएको छ ।’ अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय सामान दिने कम्पनीहरु नेपालमा अब छिट्टै सुरु हुने उनले बताए । उनले स्वदेशी उत्पादन नै बजारमा देखिने भन्नेमा यहाँका उद्योग कम्पनीहरु पनि आशावादी रहेको पनि बताए । 

 

Photo (14).jpg
उनले भने, ‘कन्स्ट्रक्सन मेटरियल्सको कुरा गर्दा सिमेन्टहरु त यही उत्पादन गर्छौ । एकदुई वर्ष अघिसम्म टायल्सहरु पनि बिदेशबाट आयात गर्ने गर्दर्थौ । तर अहिले प्रर्दशनीमा नेपालकै कच्चा पदार्थको प्रयोग गर्ने टायल्स कम्पनीहरु ६÷७ वटाले राम्रो व्यापार गरिरहेका छन् । अन्तर्राष्ट्रिय गुणस्तरीय सामान दिने कम्पनीहरु नेपालमा सुरु हँुदैछन् । यसले आशावादी बनाएको छ । आयात हुने अन्य सामग्री पनि अब चाँडै नै नेपालमा उत्पादन हुनेछन् र  स्वदेशी उत्पादन नै बजारमा देखिनेमा यहाँका उद्योग कम्पनीहरु पनि आशावादी हुनुहुन्छ ।’

Photo (19) (1).jpg

कन्स्ट्रक्सन सेक्टरमा सरकारले म्यानिफ्याक्चर हुने कुरामा आयातलाई कडाइ गर्दा स्वदेशी उद्योगीहरु उत्साहित रहेको पनि भट्टराई बताउँछन् । नेपालमै उत्पादन गर्न सुरु भएपछि नीतिगत रुपमा सरकार पनि यसको पक्षमा नै आउछ भन्ने अपेक्षा व्यवसायीहरुले राखेको पनि उनले बताए ।  ‘कन्स्ट्रक्शन सेक्टरमा सरकारले नेपालमा म्यानिफ्याक्चरका विषयमा आयातलाई कडाई गर्ने देखिन्छ । त्यसले उद्योगीहरुलाई उत्साहित गराउँछ । व्यवसाहीहरुसँग कुरा गर्दा पनि नीतिगत समस्या नरहेको देखिन्छ । नेपालमै उत्पादन गर्न सुरु भएपछि नीति पनि पक्षमा नै आउँछ भन्ने अपेक्षा राखेका छन्,’उनले भने ।

 

Photo (15).jpg
नेपालमा म्यानिफ्याक्चर गर्ने प्रविधि नभएर आयात गर्न बाध्य भएको भन्दै उनले यही म्यानिफ्याक्चर गरेर उद्योग व्यवस्थापन गर्न सक्ने क्षमता रहेको बताए । उनी भन्छन्,‘नेपालमा प्रविधि छैन् । कन्स्ट्रक्शन सेक्टरमा आउने सामाग्रीहरुबाट सरकारलाई राजश्व र भन्सार राम्रो आइरहेको छ । नेपालमा म्यानिफ्याक्चर गर्ने प्रविधि हामीसँग छैन्, आयात गर्न बाध्य छौ । सामग्रीहरुमा नेपालमै म्यानिफ्याक्चर गरेर यही उद्योग व्यवस्थापन गर्न सक्ने क्षमता पुगेको छ ।’

Photo (18).jpg

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको सम्भावना व्यापक रहेको निर्देशक भट्टराई बताउँछन् । उनले गत वर्ष नेपालबाट इन्डिया प्लाइउड निर्यात हुनेमा टप टेनमा परेको स्मरण गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली बस्तुले उदाहरण बनाएको बताए ।   ‘अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको संभावना व्यापक छ । गएको वर्ष नेपालबाट प्लाइउड निर्यात हुने टप टेनमा परेको हो । बिदेशमा यहाँ भन्दा राम्रो काठ प्रयोग हुने भएपनि यहाँको गुणस्तरले प्राथमिकता पाएको छ । प्लाइउडले उदाहरण नै बनाएको छ । नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रयोग गर्न योग्य छ भन्ने कुरा प्रमाणित भएको छ । नेपालका टायल्सको पनि म्यानिफ्याक्चर भइरहेकाले स्वदेशी बजार धान्ने भएपछि निर्यात हुने सम्भावना छ । नेपालका अरु काठका सामग्रीहरु पनि छन् । यहाँ प्रविधिहरु बढाउने हो भने अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न योग्य बनिसकेका छन्,’उनले भने । 

Photo (16).jpg


सरकारबाट अब गुणस्तरीय मापनको लागि ल्याबहरु स्थापना गर्नुपर्ने र गुणस्तरीयता  निर्धारणको लागि सरकारी तवरबाट प्रमाणपत्रको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । जसका कारण उद्योगीहरुलाई आफ्नो उत्पादन निर्यात गर्न धेरै सहज हुने बताउँछन् । एक्पोले अन्तर्राष्ट्रिय प्रयोग भएको वाटर प्रुफिङमा, सेक्युरीटि क्षेत्र, काठमाडौंमा भएको पार्किङको समस्यामा मल्टिलेवल पार्किङका कुरा, नेपालका लगानी हुने होटल व्यवसायमा आवश्यक विभिन्न सामाग्रीहरुको प्रर्दशनीले ठूलो रोल खेलेको पनि उनले बताए । नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको १० औं संस्करणमा निर्माण सम्बन्धि सामाग्रीदेखि लिएर इन्जिनियरिङ, इकुम्मेन्टहरु, आर्किटेक्चरका सम्बन्धि सामग्रीहरु प्रदर्शनीमा थिए । प्रदर्शनीमा विभिन्न देशका १ सय ५४ भन्दा बढी कम्पनीहरुका १५० बढी स्टल छन् । त्यसमा ८२ वटा कम्पनी नेपालको छ  । 

Photo (17).jpg
अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्शन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर, बाथरुम फिटिड्स, पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामाग्रीहरु रहेका छन् । नेपालका ८२ वटा कम्पनी भाग लिएकामा नेपालमै उत्पादन गर्ने ३० देखि ३५ वटा  कम्पनी प्रदशनी सहभागी छन् ।  हुडन फोल्री, जिप्सन बोर्ड, प्रिफ्याब स्ट्रक्चर, टायल्स एण्ड स्यानिटरी वायर, विभिन्न सिमेन्ट, ब्लगस् लगायतका कम्पनीहरु नेपालमै उत्पादन गर्ने कम्पनीहरु छन् ।