Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अन्तर्वार्ता:

प्रमुख प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएका अर्जुन सुवेदी अब राजनीतिमा सक्रिय हुने

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाका अर्जुन सुवेदीले नेपाली प्रशासनिक सेवामा लामो समय काम गरि जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका  छन्। जिल्ला प्रशासन बर्दिया र इलाका प्रशासन राजापुरमा कार्यरत हुँदै   गर्दाको व्यवहार शैलीको कारणले धेरैबाट प्रशंसा बटुलेका सुवेदी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री चौथो पदकबाट समेत विभूशीत भएका छन।

 २०५४ माघ ६ गते निजामती सेवामा  यात्रा सुरु गरेका सुवेदीको प्रारम्भिक जीवन निकै उतार चढावमा बितेको थियो।  तर उनी सानैदेखि प्रशासनिक क्षेत्रमा कार्य गर्ने सपना बोकेर अघि बढे।  प्रारम्भिक शिक्षा बर्दिया जिल्लामा प्राप्त गरेका अर्जुनले   प्रशासनिक सेवामा जाने मार्ग पनि बनाए। आफ्नो क्षमता र मेहनतका कारण प्रशासनिक सेवामा कञ्चनपुरबाट सेवा आरम्भ गर्दै, बैतडी भक्तपुर र लामो समय बर्दिया र केही समय बाँकेमा समेत काम गरेको उनीसित अनुभव छ। २०७६ माघबाट उनी स्थानीय तहमा काम गर्ने क्रममा बढैयाताल गाउँपालिका, राजापुर नगरपालिका, खजुरा गाउँपालिका, र पछिल्लो चरण बढैयाताल गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत रुपमा जिम्मेवारी सम्हालेका थिए।

gyanendra gagan.png


अर्जुन प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहँदा स्थानीय प्रशासन र जनताको बीचमा समन्वय र विश्वास बढाउने, सुशासन र पारदर्शिताका लागि महत्त्वपूर्ण भूमिका खेले । अर्जुन सुवेदीको यात्रा भने अब राजनिती तर्फ मोडिएको छ। राष्ट्रसेवकको भूमिका नभएर उनले आफ्नो प्रशासनिक कार्यकालमा प्राप्त गरेका अनुभवलाई अब सामाजिक र राजनीतिक मैदानमा लैजाने  निर्णय गरेका छन्। २७ वर्ष सम्मको निजामती सेवामा रहेर काम गरेका अर्जुनले  आफूले धेरै कुरा सिकेको बताए।  तत्काल जागिर राजिनामा दिनुको कारण भने काम गर्ने वातावरण आफूले नपाएको हुँदा जागिर राजिनामा दिएको उनले भने। आफ्नै गाउँपालिकामा काम गर्ने वातावरण नहुनुमा आफू दुखी भएको अर्जुनको भनाई छ।  

सुवेदी नेकपा माओवादी केन्द्रसँग आवद्ध छन्। पार्टीले दिने राजनैतिक सामाजिक जिम्मेवारीलाई आफूले बहन गर्न सक्ने अर्जुनको धारणा छ।  विगतमा कर्मचारी रहँदा पनि आफू सो पार्टीको जिल्ला कमिटीको सदस्यको रुपमा जिम्मेवारी निर्वाह गरिसकेको अर्जुनले सुनाए।  निजामती सेवामा कार्यरत हुँदाको अनुभव र अबको रणनिती बारे नेपाल रैबार डटकमका लागि जीवन बनियाले गरेको कुराकानी भिडियोमा हेर्नु होसः