Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अमेरिकामा फेरि ठोक्किए दुई बिमानः १० दिनमा अमेरिकामा चौंथो बिमान दुर्घटना

संयुक्त राज्य अमेरिकाको एरिजोनाको स्कट्सडेल विमानस्थलमा सोमबार निजी जेट विमानहरू ठोक्किँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । संघीय उड्डयन प्रशासनले एक निजी जेट रनवेबाट बाहिर निस्केको र अर्को जेटसँग ठोक्किएको बताएको छ । अहिले अमेरिकी प्रशासनले यस विषयमा अनुसन्धान सुरु गरेको छ । अमेरिकामा पछिल्लो १० दिनमा भएको यो चौथो विमान दुर्घटना हो ।

जानकारी अनुसार यो घटना सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा भएको हो । लियरजेट ३५ ए विमान अवतरणपछि धावनमार्गबाट बाहिरिएको थियो । यस पछि एउटा गल्फस्ट्रिम २०० र्‍याम्पमा रहेको बिजनेस जेटसँग ठोक्कियो । विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकि राखिएको अवस्था थियो । विमानमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन् ।


यसअघि अमेरिकाको अलास्काबाट नोम सहर जाँदै गरेको विमान अचानक बेपत्ता भएको थियो, त्यसपछि खोजी सुरु गरिएको थियो र अहिले उक्त विमानको भग्नावशेष समुन्द्रको हिउँमा फेला परेको छ । विमान समुद्री बरफमा दुर्घटनाग्रस्त भयो र जहाजमा सवार सबै १० जनाको मृत्यु भएको थियो ।

घटनाको जानकारी दिँदै अमेरिकी तटरक्षक गार्डका प्रवक्ता माइक सालेर्नोले उद्धार टोलीले हेलिकप्टरमार्फत हराइरहेको विमानको निरन्तर खोजी गरिरहेको जानकारी दिँदै खोज टोलीले विमानको भग्नावशेष समुद्री बरफमा फेला पारेको बताए । दुई पौडीवाजलाई तल झरेर अनुसन्धान गर्दा विमानमा सवार ९ जना यात्रुसहित पाइलटको मृत्यु भएको पाइएको थियो । यसअघि पनि अमेरिकामा दुई बिमान आकासमा ठोक्किएको थियो ।