Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अन्तर्वार्ता:

दुग्ध क्षेत्र नाफामूलक भएकाले युवाहरूले चिन्नुपर्छः कार्यकारी निर्देशक डा. यादव

दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दुग्ध विकास बोर्डको प्रिष्ठभूमीलाई प्रकाश पार्दै डेरी, किसान, सहकारी, उद्योगी र उपभोक्ताहरूलाई व्यवस्थित गर्नका लागी आफूहरूले काम गरिरहेको बताए। दुग्ध क्षेत्र सबै जनाको सरोकारको विषय रहेको भन्दै राजेन्द्रले डेनमार्क सरकारको परियोजना मार्फत दुग्द विकास बोर्डको स्थापना भएको र ऐन २०४९ सालमा आएको बताउँछन।

ऐन आइसकेपछि दुग्ध विकास बोर्डले किसान मूखी, सहकारी मुखी, उद्योगी मुखी, र उपभोक्ता मुखी लगायत विभित क्षेत्रमा काम गरिरहेको राजेन्द्रको भनाई छ। हाल नेपालमा दुग्ध क्षेत्रको भूमिका ६ प्रतिशत रहेको छ भने २६ लाख मेक्ट्रिक्टन दुध उत्पादन भइरहेको छ। यसैगरी नेपालमा ७ ओटा बटप्लान्ट भएको ३० लाख भन्दा बढी किसान पशुपालनमा संलग्न रहेको २ हजारभन्दा बढी सहकारीहरू रहेको ६ सयभन्दा सरकारी गैरसरकारी बढी उद्योगहरू सञ्चालन भइरहेको र ५० हजारभन्दा बढीले रोजगार पाएको राजेन्द्रले बताए।

New Project (1).png

 हाल दुग्ध विकास बोर्डले डेरी क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्दै सरोकारवालासँग समन्वय गरी समयसापेक्ष नीति नियम निर्माण, किसानको लागत घटाउने उपाय, सहकारी र उद्योगहरूको व्यवस्थापन लगायतका कामहरू गरिरहेको छ। किसानहरूको लागतलाई आधार मानेर दूधको मूल्य निर्धारण गरिने यादवले स्पष्ट पारे। नेपालभरका किसानको लागत मूल्यलाई विश्लेषण गरी दुग्ध विकास बोर्डले दूधको मूल्य निर्धारण गर्ने गरेको उनले बताए।

नेपालको दुग्ध क्षेत्रमा बिचौलियाहरू नरहेको यादवले भने।  निरीक्षणको क्रममा आफूहरू विभिन्न जिल्लाहरूमा जाने गरेको तथा किसानहरूलाई एकीकृत र संगठित गर्नका लागि मोबाइल एप्सको निर्माण समेत गरिएको राजेन्द्रले जानकारी दिए। नेपालमा कृषि तथा पशुपालन क्षेत्रसँगै दुग्ध उद्योगमा उच्च सम्भावना रहेको बताउँदै यादवले युवाहरूले समयमै यस क्षेत्रको महत्व बुझ्नुपर्ने बताए। दुग्ध क्षेत्र नाफामूलक भएकाले युवाहरूले यसलाई उद्यमका रूपमा अपनाउनु आवश्यक रहेको राजेन्द्रको सुझाव छ।

दुग्ध क्षेत्रको समग्र अवस्थाबारे विस्तृत जानकारीका लागि नेपाल रैबारडटकमका लागि जीवन बनियाले दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवसँग गरेको कुराकानी भिडियोमा हेर्नुहोसः