Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विदेशबाट ६ महिनामा भित्रियो साढे एक करोडभन्दा बढी कण्डम

चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा विदेशबाट साढे एक करोडभन्दा कण्डम भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा १ करोड ७७ लाख ४० हजार कण्डम आयात भएको हो।

यो संख्याको कण्डम आयातमा नेपालबाट १२ करोड ६२ लाख ५८ हजार रुपैयाँ बाहिरिएको छ। यस्तै, उक्त मूल्य बराबरको करोडौँ संख्याको कण्डम भित्रिँदा राज्य कोषमा ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

नेपालमा सबैभन्दा धेरै भारतबाट कण्डम आयात हुने गरेको छ। भारतबाट १ करोड ५५ लाख ५० हजार ५९४ वटा कण्डम भित्रिएको छ। यो बराबर ९ करोड ८७ लाख ९५ हजार खर्च भएको विभागको तथ्यांक छ।