Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

त्रिवि केन्द्रीय क्याम्पस प्रमुखका लागि दुई जनाको मात्र निवेदन

 त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रमुखका लागि दुई जनाको मात्रै आवेदन परेको छ।

शिक्षाध्यक्षको कार्यालयले पुस २८ गते पहिलो पटक सात दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरे पछि जम्मा दुइ जनाको मात्रै आवेदन परेको जनाइएको छ ।

जस अनुसार अक्कलदेव मिश्र र उद्धव सिग्देलको मात्रै उम्मेदवारी परेपछि सिफारिस समितिले अब दुई जनालाई नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । केन्द्रीय क्याम्पसमा ६ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।