Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नक्कली पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा माग्ने एक जना पक्राउ

रौतहटको सीमावर्ती इलाकामा खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा माग्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का जाबिर आलमको छोरा २० वर्षीय अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन्।

भारतीय सीमामासँग जोडिएको ईशनाथ नगरपालिका- ४ मठीया गाउँ छेउमा आरोपी कलामले मंगलबार चाईनिज नक्कली खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी मठीयाको टोलीले पक्राउ गरेको थियो।

आरोपी कलाम माथि मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ