Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बिहेको भोज खाँदा डोटीमा ५७ बढी बिरामी

डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले शनिबार दुलही पक्षका व्याक्तिहरूले सुजीको हलुवालगायतका खानाका परिकार खाँदा ५७ जना बिरामी भएको जनाएको छ ।


बिहेको भोज खाएकाहरूमा तीन जनालाई ज्वरो आउने, बान्ता र पखाला हुने समस्या देखिएको थियो । उनीहरूलाई स्थानीय स्वास्थ्य चौकी, बाँझमा उपचारका लागि लगिएको थियो ।

बिरामीहरूको रगतको नमुना संकलन गरेर जिल्ला अस्पताल डोटीमा परीक्षणका लागि पठाइएको छ ।