Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

त्रिभुवन बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए लगत्तै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु भएको छ ।बंगलादेशको विमानबाट आज बिहीबार बिहान विमानस्थल ओर्लिने वित्तिकै उनी सिकिस्त भएका थिए।

३० वर्षीय चिनियाँ नागरिक बिन लिन स्याङ बेहोस भएपछि विमानस्थलमा रहेका आकस्मिक चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए । विमानस्थलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो । तर, अस्पताल ल्याइ पुर्‍याउनु अघि नै उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनको मृत्युको कारण खुलिसकेको छैन । आगमन अनुमति लिनुअगाडि नै उनी गम्भीर बिरामी परेका थिए । विमानस्थल स्रोतका अनुसार घटनाबारे नेपालस्थित चिनियाँ दूतावासमा समेत खबर गरिएको छ । उनी आनहुई प्रान्तका हुन् ।