Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले थुनामा राख्नुको कारण पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले बिहीबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

काठमाडौं जिल्ला अदालतको आदेशले उनी हाल मुद्दा पुर्पक्षको क्रममा कारागारमा छन् ।