Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सोनमा गाउँपालिकामा पालिका हुलाक कार्यालय स्थापना

महोत्तरीको सोनमा गाउँपालिकामा बुधवार एक समारोहका बिच पालिका हुलाक कार्यालयको स्थापना गरिएको छ ।एक पालिका, एक हुलाकको अवधारणा अन्तर्गत महोत्तरीको सोनमा गाउँपालिकामा पालिका हुलाक कार्यालय स्थापना भएको हो । हुलाक कार्यालयको बोर्डलाइ अनावरन गरि मैन बती बालेर एक समारोहका बिच हुलाक कार्यालयको स्थापना गरिएको छ। कार्यक्रममा उपस्थित सहभागीहरुलाइ अबिर, माला र खादा लगाइ स्वागत गरिएको थियो।

सोनमा गाउँपालिकामा बुधवार पालिका हुलाक कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बिशेश्वर प्रसाद यादवले हुलाक कार्यालयको स्थापनाले गाउँपालिकाका जनताले सरल, सहज तथा सुलभ तरिकाले सेवा पाउने विचार व्यक्त गरे । सरकारी सेवा गाउँ गाउँसम्म पुर्‍याउन सरकारले गरेको उक्त प्रयासको प्रशंसा गर्दै उनले हुलाकको आवश्यकता र महत्व अझै रहेको बताए । उच्च तहको सरकारी कार्यालयहरुमा जनताको पहुच न पुग्ने ठाउँमा हुलाक कार्यालयमा दर्ता गराइ बिभिन्न निकायमा जनताको पहुच सरल तरिका बाट पुग्ने कुरा बताए। हुलाक कार्यालय स्थापना पछी गाउँपालिकामा मालपोत र नापी सम्बन्धी कामको सुरुवात गर्नेमा आफू लागेको र चाडै त्यसबारे ठोस निर्णय हुने कुरा अध्यक्ष यादवले बताएका छन।

WhatsApp Image 2025-01-16 at 14.53.49_e1fce7fa.jpg

जिल्ला हुलाक कार्यालय महोत्तरीका प्रमुख राम चन्द्र साहले हुलाक सेवाकोे ऐतिहासिक महत्व तथा ग्रामीण क्षेत्रमा यसको पहँचका फाइदाबारे चर्चा गरे । उनले कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरुपमा सञ्चालन हुनेमा विश्वास व्यक्त गरे ।

हुलाक कार्यालय सञ्चालन भएपछि पत्राचार, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा सहज हुने सोनमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश प्रसाद साहले बताएका छन। ूपुरानो चावल नै पंथ हुन्छू पुरानो भनाइलाइ उजागर गर्दै हुलाक पनि जनताको पहिलो र पुरानो सन्चार भएको र यसबाट सबैलाइ मद्दत पुग्ने बिश्वास व्यक्त गरेका छन।

WhatsApp Image 2025-01-16 at 14.52.22_f7e45972.jpg

कार्यक्रममा सोनमा गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव, जिल्ला हुलाक कार्यालय महोत्तरीका प्रमुख राम चन्द्र साह, प्रमुख प्रशासकिय अधिकृत उमेश प्रसाद साह, हुलाक कार्यालयका कर्मचारीहरु, सोनमा गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, कर्मचारीहरु, गाउँपालिकाको विभिन्न वडाका समाजसेवीहरु, बुद्धीजिवीहरुको उपस्थिती रहेको थियो