प्युठानको सरुमारानी गाउँपालिका– २ दर्भानमा फोहोर संकलन गर्ने ‘डस्टविन’ मा नवजात शिशुको शव फेला परेको छ ।
सालनाल समेत नकाटिएको अवस्थामा बिहीबार शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । फोहोर संकलन गर्न राखिएको डस्टबिनमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले शिशु बेवारिसे भेटिएको र स्थानीय दर्भान प्रहरी चौकीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए ।
शिशु कसले फालेको भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको प्रवक्ता केसीको भनाइ छ ।