Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

कसले गर्‍यो बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार?

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ ।

बुधबार मध्यरातमा मुम्बईको बान्द्रास्थित उनको घरमा एक चोरले चक्कु प्रहार गरेका हुन् । खानलाई अहिले मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । चोरले सैफमाथि हमला गरे र त्यहाँबाट भागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


सैफकी पत्नी तथा बलिउड अभिनेत्री करिना कपुर र उनका दुवै छोराछोरी पूर्णरुपमा सकुशल छन् । यस हमलामा सैफ मात्र घाइते भएका छन् ।

मुम्बईमा सैफमाथि भएको हमलाले मुम्बईमा त्रास फैलाएको छ । बान्द्रा प्रहरीले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको जनाएको छ ।