Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आशिका तामाङलाई पाँच दिन थुनामा राख्न अनुमति

 सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

पशुपति विकास कोषका पदाधिकारी तथा कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी तामाङलाई पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो ।


कोषका सफाइका कर्मचारीको करार थप नगरेको विषयलाई लिएर तामाङसहितको समूहले गत २८ पुसमा अभद्र व्यवहार गरेको भनेर जाहेरी परेको थियो ।

जाहेरीपछि तामाङलाई प्रहरीले बुधबार स्वयम्भूबाट पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयमा पेस भएकोमा अनुसन्धानका लागि पाँच दिनको म्याद दिइएको प्रहरीले जनाएको छ ।