Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

किन पक्राउ परिन् अभियान्ता आशिका तामाङ?

सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई आज बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।

तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको बताइएको छ । तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको थियो । प्रहरी वृत्त गौशालाबाट उनीमाथि अनुसन्धान भइरहेको छ ।