Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चार क्विन्टल बढी रक्तचन्दनसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो । उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । बरामद गरिएको रक्तचन्दन चार सय ६२ किलो बढी रहेको प्रहरी स्रोतले बतायो ।