राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज बुधबार पनि हुने भएको छ । सोमबार बहस नसकिएपछि मुद्दा पुनः बुधबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो ।
मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ।