Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ठमेलबाट चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ४ भारतीय पक्राउ

चिनियाँ नागरिकलाई काठमाडौँबाट अपहरण गरेर मकवानपुरको जंगलमा पुर्‍याउने चारजना भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारतीय समूहले ती चिनियाँ नागरिकलाई ठमेलबाट अपहरण गरेर मंगलबार साँझ भारत लैजान लागेको खुलेको छ ।

चिनियाँ नागरिक भने भागेर जंगलतिर पसेको प्रहरीले जनाएको छ । उनको प्रहरीले खोजी गरिरहेको छ ।