Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कोटेश्वरमा रोकिराखेको बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं महानगरपालिका– ३२ कोटेश्वर आकासे पुल नजिक रोकिराखेको बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार राति पार्किङ गरी राखेको बा.३ख ४८६५ नम्बरको बसमा बा.५२ प ३३०५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई भक्तपुर सूर्यविनायक बस्ने ४० वर्षीय राम तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै, ललितपुरमा भएको दुर्घटनामा पनि एक जनाको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका– २९ हरिसिद्धिस्थित सडकमा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा साइकलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका ५२ वर्षीय भीमराज थिङको सोमबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।