Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भैंसी चराउन गएका बेला गैंडाको आक्रमणबाट मृत्यु

चितवनको माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा माडी नगरपालिका–३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ । 

घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घटनास्थलतर्फ गएको उनले बताए ।