Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कैलालीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु

कैलालीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ का अन्दाजी ४८ वर्षीय घमणबहादुर शाही र धनगढी– १४ का अन्दाजी ३६ वर्षीय रूपेश बस्नेतको मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम नजिक ना ८ ख ३३३ नम्बरको तेल बोकेर दाङतर्फ आउँदै गरेको ट्याङ्करले दाङबाट पश्चिम कोहलपुरतर्फ जाँदै गरेको भे ९ प ९५१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

सोमबार मध्याह्न १२ बजेर ६ मिनेटमा घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले सेतोपाटीलाई बताए । अस्पताल पुर्‍याउना साथ सुरूमा शाहीलाई कोहलपुर मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेको इप्रका कोहलपुरको सञ्चार शाखामा कार्यरत प्रहरी असई पदम खड्काले बताए । ट्याङ्कर चालक दाङको दंगीशरण गाउँपालिका–२ का ५१ वर्षीय मानबहादुर वलीलाई कुसुम प्रहरीले नियन्त्रणमा लिएको छ ।