Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

निर्देशक शुरेश थापाको अरबी सपना सार्वजनिक (भिडियोसहित)

सुरेस थापाको निर्देशनमा रहेको गीत ‘अरबी सपना ’ हालसालै बजारमा सार्वजनिक भएको छ । शुरेश कै शब्द, संगीत र गोपाल रसाईलेको एरेञ्ज रहेको गीतमा उज्जल सागरले स्वर दीएका छन ।

भिडियोमा सुशिला थापा र सगुन तामाङ साथमा अन्य थुप्रै कलाकारहरु को उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गरेका छन । 

बिदेशमा पसिना बगाइरहेका सयौं नेपालीहरुको मार्मीक कथाबस्तु समेट्न खोजीएको छ आफ्नो भविस्यको खोजीमा विदेशिन बाध्य भएका सयौं दाजु भाइ दिदीबहिनीहरुको पिडालाई  देखाउन खोजिएको निर्देशक बताउँछन् ।

अल्हिलेको समय सन्दर्भिक विषय बस्तु प्रस्तुत गरिएको गीत आफ्नै युटुब च्यानलबाट बजारमा आएको छ । दर्जनौ गीत बजारमा ल्याईसकेका निर्देशक थापाले  यस गीत ले पनि सबैको मन जित्न सफल रहने बताउछन ।