Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै मेयर बालेनले लेखे मन्त्रालयलाई पत्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् । मेयर बालेनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रशासकीय अधिकृत पठाइ दिन आग्रह गरेका हुन् ।

मेयर बालेनले लेखेको पत्रमा भनिएको छ ,‘काठमाडौं महानगरपालिकामा खटिइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ ।’

काठमाडौं टावरको विवादमा मुछिएपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई मेयर बालेनले छानविन नसकिएसम्मको लागि बिदामा बस्न भनेका छन् । महानगरले गोविन्द प्रसाद शर्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । उनले पनि राजीनामा दिएपछि मेयर बालेले अर्को अधिकृत पठाइदिन अनुरोध गरेका हुन् ।

m(5).jpg