Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

गायिका शान्तिश्री परियारले काठमाडौंमा किनिन् ४ करोडको घर

चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंमा ४ करोडको घर किनेकी छन्। गोंगबु गणेशस्थानमा उनले नयाँ बनेको घर हालसालै खरिद् गरेकी हुन्।

शान्तिश्रीले २०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी थिइन्। शान्तिश्रीका श्रीमान एनजिओमा काम गर्छन्। यो जोडीको ४ वर्षकी एक छोरी छिन्।

कुनै समय गिट्टी कुट्ने काम समेत गरेकी उनी सांगीतिक क्षेत्रमा भविष्य बनाउन २०६४ सालमा काठमाडौं आएकी थिइन्।