Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ । आज (बिहीबार) थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईसहित तीन जनाविरुद्ध संगठित आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोगपत्र दर्ता गरेको थियो ।

 प्रसाईंसहित पाँचथरका हरिचन्द्र फुयाँल ‘नवीन’ र तेह्रथुमका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो ।