Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पूर्व सांसद गुरुङका बाबु–छोरीसहित तीन जना धरौटी बुझाएर छुटे

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि तीन जना धरौटी बुझाएर छुटेका छन् । 

आज बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि कृष्ण गुरुङ, पूर्व सांसद मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । अदालतले कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरेको थियो ।

यस्तै अदालतले लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।