Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रवि धरौटीमा छुट्ने भएपछि कास्की अदालत बाहिर रास्वपा समर्थकको खुसीयाली

जिल्ला अदालत कास्कीले रास्वपा सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएसँगै समर्थकहरु अदालत बाहिर जम्मा भएर खुसीयालीमा नाराबाजी गरेका छन् । आज लामिछानेलाई सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।


न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । त्यससँगै लामिछानेका समर्थकहरुले नाराबाजीसहित खुसीयाली मनाइरहेका छन् । त्यसो त आज थुनछेक आदेश आउने भएसँगै रास्वपाका शीर्ष नेताहरु समेत पोखरा पुगेका थिए ।

उनीहरुले रवि दाई हाई हो भन्ने नारा लगाइ रहेका छन् । लामिछाने धरौटी बुझाएर हिरासतमुक्त हुनेछन् भने उनले बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।