Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कसलाई कति धरौटी मागियो?

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार प्रहरी हिरासतमा रहेका लामिछानेसहित सातै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।


झण्डै तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख, पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख, लीला पछाईलाई ३७ लाख, राम खनाललाई १५ लाख, कृष्ण गुरुङलाई १ लाख, पूर्व सांसद मीना गुरुङलाई ५ लाख र आरती गुरुङलाई ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।