Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मुठ्ठी दान अभियान अर्न्तगत मृगौला पीडित थापालाई १५ लाख सहयोग

गोरखाको शहिद लखन गाँउपालिका–८, कुवापानी बुङ्कोट निवासी ४० वर्षीय कुमार थापा बचाउँ अभियान अर्न्तगत सङ्कलित १५ लाख रुपियाँ आर्थिक सहयोग आज बुधबार पीडितलाई हस्तान्तरण गरिएको छ।

गोरखा घरभइ हाल काठमाडौँ उपत्यका लगायत विभिन्न देशमा बसोवास गर्दे आएकाहरुको मुठ्ठी दान अभियान अर्न्तगत मृगौला पीडित थापाको उपचार सहयोगका लागि उक्त रकम सङ्कलन भएको हो ।

सो अभियानका संयोजक एवं समाजसेवी उत्तरकुमार श्रेष्ठ, सचिव सन्तोष वाग्ले, समाजसेवी नवराज अम्गाईं, पूर्वउपसचिव खिलप्रसाद सुवेदी र कविराज अम्गाईं  लगायतको सहभागितामा पीडित थापाको मृर्गौला प्रत्यारोपणका लागि यतिको आर्थिक सहयोग जुटेको संयोजक श्रेष्ठले बताए ।

थोपा थोपा मिलेर समुन्द्र भने जस्तै गरि आज सबैको साथ र सहयोगले पीडित थापालाई मद्दत गर्न सकेको सचिव वाग्लेले बताए । साथै उनले सहयोगी सबैलाई धन्यवाद पनि दिएका छन् ।

एउटा गोरखालीले अर्को गोरखाली नागरिकको जीवन बचाउँनुपर्छ भन्ने उद्धेश्य अनुरुप सबै पेशा, व्यवसाय, धर्म, समुदायक, राजनीतिक आस्था विचार र देश विदेश रहेका गोरखा जिल्लावासीमाझ ‘कुमार थापा जीवन बचाउँ’ अभियान सञ्चालन गर्दा करिब १५ लाख रुपियाँ जुटेको जानकारी समाजसेवी नवराज अम्गाईंले जानकारी दिए ।